नेइमारले रातो काड पाउँदा काभानीले बचाए

एजेन्सी । पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले फेन्च लिग वान फुटबलमा आफ्नो अपराजित यात्रा कायम गरेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा पिएसजीले मार्सेइलीसँग २–२ को बराबरी खेलको हो । १६ औँ मिनेटमा लुइज गुस्तावोले गोल गर्दै मार्सेइलीलाई सुरुवाति अग्रता दिलाए । तर, ३३ औँ मिनेटमा नेइमारले पिएसजीका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा ७८ औँ मिनेटमा फ्लोरियन थविनले गोल गर्दै मार्सेइलीलाई फेरि अग्रता दिलाए । पहिलो हाफमा गोल गरेका स्टार खेलाडी नेइमारले ८७ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पिएसजी १० खेलाडीमा सीमित भयो । बल नियन्त्रणमा लिएर अघि गइरहेका बेला नेइमारलाई मार्सेइलीका लुकास ओकाम्पोसले लडाए । नेइमारले उठेर उनलाई धकेले । रेफ्रीले लुकासलाई एक र नेइमारलाई दुई ओटा पहेँलो कार्ड देखाए । त्यसपछि उनी बाहिरिन बाध्य भए ।

तर, हारको संघारमा पुगेको पिएसजीलाई एडिसन काभानीले सुन्दर गोल गर्दै जोगाए । इन्जुरी समयमा काभानीले बराबरी गोल गरेका हुन् । बराबरीपछि शीर्ष स्थानको पिएसजीको १० खेलबाट २६ अङ्क भएको छ । अहिलेसम्म पिएसजीले दुई खेलमा बराबरी खेलेको छ भने ८ खेल जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =