यस्ता छन् आजका पत्रपत्रिकाका सम्पादकीय

काठमाडौं, भदौ २० ।
साझा अनियमितातामा उन्मुक्ति : नागरिक दैनिक 

सरकारी स्वामित्वको साहित्यिक संस्था प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलीप्रसाद शर्मासहितका सञ्चालकले बुझाएको राजीनामा स्वीकार नगरेर शिक्षा मन्त्रालयले त्यसालई सुधार गर्ने अवसर गुमाएको छ ।

उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई अध्यक्ष तथा महाप्रवबन्धक शर्मासहित चारजना मनोनित सदस्यले बुझाएको राजीनामा स्वीकार नगुर्नुपर्ने बाध्यता नबुझिने छैन ।

शिक्षा मन्त्रालय आफैले गठन गरेको छानविनबाट समते साझाभित्रको अनियमिततामा शर्माको संलग्नता पुष्टि भईसकेको छ ।

मन्त्रालयले गठन गरेको छानविनबाट आएको प्रतिवेदन कार्यन्वयन नभएको मात्र होईन उल्टै अनियमितता पष्टि भएपछि सरोकारवाला निकायले कारबाही गर्नुपर्ने आवश्यकताबोध गरेको देखिएन ।

शिक्षामन्त्री श्रेष्ठले अहिले आएर शर्मालार्य पदमुक्त गरी कारबाही गर्नुभन्दा मौन रहनु दुर्भाग्य अवस्था हो । छानविन समितिको प्रतिवेदनलाई उनले बेवास्ता मात्र गरेनन्, आएको राजीनामासमेत स्वीकार नगरेर उलने अनियमितता निम्ति लिस्नो लाईदिएका छन् ।

खाद्य संकट : अन्नपुर्ण पोष्ट 

दसैं नजिकिँदै गर्दा मध्यपश्चिमको जाजरकोटबाट नरमाइलो समाचार आएको छ । त्यहाँको बारेकोटलगायत गाउँमा खाद्य संकटका कारण थुप्रै नागरिकलाई छाक टार्ने पिरलोले गाँजेको छ । पहाडी र हिमाली जिल्लामा खाद्यान्न अभाव बर्सेनि दोहोरिने ‘रोग’ हो ।

सरकारले त्यस्तो अभावलाई सम्बोधन गर्न ढुवानीमा अनुदान दिई चामल वितरण गर्ने गरेको पनि छ । तर, ढुवानीका लागि टेन्डर आह्वानलगायत झन्झटिलो कागजी प्रक्रिया, सरकारी ढिलासुस्ती र वर्षाले बाटोघाटो प्रभावित हुँदा त्यस क्षेत्रका बासिन्दा बर्सेनि खाद्य संकटको चपेटामा पर्ने गरेका छन् ।

सरकार अर्थात् व्यवस्था परिवर्तनले पनि पश्चिम नेपालको पहाडी क्षेत्रका बासिन्दाको छाकटार्ने पिरलो सम्बोधित हुन सकेको छैन ।

पहिले ‘ठूलाबडा’ को सिफारिस लिई सदरमुकामस्थित खाद्य संस्थानका डिपोमा चामलका लागि भिड्नुपर्ने बाध्यता थियो, अहिले सदरमुकामबाहेकका गाउँमा किनेर पनि अन्न नपाइने अवस्था देखिएको छ । यो लोकतान्त्रिक सरकार र लोककल्याणकारी राज्यका लागि लाजमर्दो विषय हो ।

आफ्ना नागरिकको गाँस, बास र कपासको सुनिश्चितता गर्ने दायित्व सरकारको हो । सरकारले शीघ्रातीशीघ्र जाजरकोटका जनताको छाक टार्ने चिन्ताको सम्बोधन गर्न सक्नुपर्छ ।

सुन तस्करीका ‘अदृश्य’ मालिक : कान्तिपुर दैनिक 

प्रहरीले सामेबार काठमाडों क्षेत्रपाटीमा पार्किङ गरिएको गाडीबाट ८८ किलो सुन बरामद गरेको छ ।

सुन बरामदका प्रकाशनमा आएका घट्नामध्ये यो ठुलो परिणामको हो ।

र, यो घट्नामा पनि पुराना शृंखलाजस्तै मालिन अदृश्य छन् ।

चीनको केरुङ नाका हुँदै भन्सा छलेर उक्त सुन ल्याएको गोप्य सुराकका आधारमा बरामद गरिएको प्रहरीकै सुचनामा छ ।

२१ बर्षपछि.. : नयाँ पत्रिका

महाकाली नदीको एकीकृत विकास तथा उपयोग सम्बन्धमा नेपाल भारतबीच भएको सम्झौतालाई ०५३ मा तत्कालीन संसद्को दुईतिहाईबाट अनुमोदन गरिएको थियो ।

त्यस बखत उक्त सम्झौताबारे देशभित्र केही आम र केही ठोस चिन्ता ब्यक्त गरिएका थिए ।

त्यतिबेला देउवा, राणा, नेपाल र ओलीले एउटै लयमा भन्ने गरेका थिए, अब देशमा पश्चिमबाट घाम उदाउनेवाला छ । अहिले २१ बर्ष भयो ।

सम्झौताअनुसार काम केही पनि आरम्भ भएको छैन ।

अलिे पनि एमाले प्रतिपक्षमा छ, देउवा प्रधानमन्त्री छन् र राणको दल सरकारमा जान दौरा सिलाएर बसेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + thirteen =