सांसद अधिकारीले गरे विवरण सार्वजनिक

असोज ३१, पोखरा । नेकपा एमाले नेता एवं विघटित व्यवस्थापिका संसद् अन्तर्गत विकास समितिका सभापतिका रवीन्द्र अधिकारीले चार वर्षको अवधिमा आफ्नो निर्वाचन क्षेत्रमा गरेका विकास निर्माण र पूर्वाधार विकास लगायतका कार्यहरूको विवरण सार्वजनिक गरेका छन् ।

अधिकारीले संविधान सभा र व्यवस्थापिका संसद्मा रुपान्तरित भएपछि १४० भन्दा बढी कानुन पास गरेको बताउँदै स्थानीय सरकार सञ्चालन र निर्वाचन सम्बन्धी कानुन निर्माण गरेको बताए ।

संसद्मा उच्च माध्यमिक शिक्षा सुधार, विश्वविद्यालयको गुणस्तर, सार्वजनिक यातायात व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, पोखराको अर्मलामा परेको प्राकृतिक प्रकोप, राष्ट्रिय गौरवका आयोजना पूर्वाधार विकास लगायतका सन्दर्भमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराई संसद्मा ध्यानकर्षण गराएको बताए ।

प्रत्यक्षतर्फका सांसदले आफ्नो निर्वाचन क्षेत्रका लागि पूर्वाधारतर्फ तीन करोड र क्षेत्र विकासतर्फ ५० हजारका योजना विनियोजन गर्न पाउँछन् । उक्त बजेटमा अधिकारीले आफ्नो क्षेत्रमा धेरैजसो सडक, खानेपानी, विद्यालय निर्माण लगायतका अन्य पूर्वाधार निर्माणका योजना प्राथमिकतामा राखेका छन् ।

कार्यक्रममा उनले सार्वजनिक गरेको विवरण अनुसार पूर्वाधार विकासतर्फका २५ योजनामध्ये १४ वटा सडकका छन् । क्षेत्र विकासतर्फका १५ योजना मध्ये पाँच वटा बाटो, खानेपानी, क्षमता अभिबृद्धि, पर्यटन र वातावरणका छन् ।

निर्वाचन क्षेत्र विकास कार्यक्रम र विशेष पूर्वाधार कार्यक्रम पारदर्शी बनाउने, अनुगमन गर्ने तथा त्यसमा अत्याधिक जनसहभागिता गराई देशभर नै उत्कृष्ट कार्य गरेको बताउँदै आफूले गर्व महसुस गरेको अधिकारीले दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + three =