दुई भारतीय ‘सुटर’ पक्राउ, पेस्तोल भारतीय मन्त्रालयको कारखानामा उत्पादित !

काठमाडौं, कात्तिक १६ । कमलावादी क्षेत्रमा बुधबार दिउँसो अचानाक गोली चलेपछि ड्युटीमा खटिएको महानगरीय प्रहरी वृत्त कमलपोखरीको टोली गोलीको आवाज आएको स्थानतिर दौडियो ।  त्यही  बेला २ युवा ज्याक डेनिस डान्सबाट निस्किएर भागेपछि प्रहरीले पिछा गर्यो । प्रहरीले केहिबेरमै दुवै जनालाई पक्राउ गर्यो ।  र गोली चलाउने उनहरुनै रहेको पुष्टि भयो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रवीन्द्र धानुकका अनुसार उनहीरुको साथबाट एउटा आधुनिक पेस्तोल, ४ वटा म्यागजिन र ५१ राउण्ड गोली बरामद भएको छ ।

 

सोधपुछका क्रममा उनीहरु दुवै भारत पन्जाबका जसवीर सिंह र शरदेवेन्द्र सिंह रहेको खुल्यो ।  ती भारतीय नागरिक रक्सौलबाट भैरहवा हुँदै मंगलबार बेलुका काठमाडों भित्रिए हेरिटेज प्लाजालमा बसेका थिए ।

होटलमा प्रहरीले उनहरुले प्रयोग गरेको सेतो रङ्को पिवी १० एफएस ७४४९ नम्बरको मारुती सुजुकी कार फेला पार्यो ।
गाडीमा केही उपहार थिए ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eight =