एकैदिन ३६ सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं, साउन २० ।  सरकारले एकैदिन ३६ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलोपटक यति धेरै संख्यामा सहसचिव सरुवा गरेको हो ।

गृहका यादव कोइराला र अर्थका बलराम रिजाललाई प्रधानमन्त्री कार्यालयमा तानिएको छ । डा. नारायण प्रसाद रेग्मीलाई काजमा निर्वाचन क्षेत्र निर्धारण आयोगमा लगिएको छ ।सबैभन्दा धेरै गृहमन्त्रालयमा ११ सहसचिवको सरुवा तथा पदस्थापन गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीलाई शिक्षा मन्त्रालयमा पठाइएको छ । प्रधानमन्त्री कार्यालयमा रहेका बाबुराम श्रेष्ठलाई गृहमा र दामोदरप्रसाद रेग्मीलाई वाणिज्य मन्त्रालयमा पठाइएको छ ।

को कहाँ सरुवा भए ? हेर्नुहोस् सूची

क्र.सं.नामसरुवा/पदस्थापन भएको स्थान
१.केदारनाथ शर्मागृह मन्त्रालय
२.चक्र बहादुर बुढागृह मन्त्रालय
३.रमेश कुमार केसीगृह मन्त्रालय
४.बाबुराम श्रेष्ठगृह मन्त्रालय
५.सिताराम कार्कीगृह मन्त्रालय
६.रामकृष्ण सुवेदीगृह मन्त्रालय
७.नारायण प्रसाद भट्टराईगृह मन्त्रालय (पदस्थापन)
८.रामप्रसाद आचार्यगृह मन्त्रालय (पदस्थापन)
९.श्याम प्रसाद भण्डारीगृह मन्त्रालय (पदस्थापन)
१०.ऋषिराम तिवारीगृह मन्त्रालय (पदस्थापन)
११.तारानाथ अधिकारीगृह मन्त्रालय (पदस्थापन)
१२.बलराम रिजालप्रधानमन्त्री कार्यालय
१३.यादव कोइरालाप्रधानमन्त्री कार्यालय
१४.किशोरजंग कार्कीअर्थ मन्त्रालय
१५.उत्तर कुमार खत्रीअर्थ मन्त्रालय
१६.राजकुमार श्रेष्ठअर्थ मन्त्रालय
१७.जगदिश रेग्मीअर्थ मन्त्रालय
१८.रुपनारायण भट्टराईअर्थ मन्त्रालय
१९.केशवराज घिमिरेशिक्षा मन्त्रालय
२०.बालकृष्ण पन्थीशिक्षा मन्त्रालय
२१.कृष्ण प्रसाद ज्ञवालीश्रम तथा रोजगार (पदस्थापन)
२२.देवराज ढकालश्रम तथा रोजगार (पदस्थापन)
२३.शंकर प्रसाद खरेलअख्तियार दुरुपयोग अनुसन्धान आयोग
२४.धु्रव घिमिरेअख्तियार (पदस्थापन)
२५.विश्व प्रकाश सुवेदीलोकसेवा आयोग
२६.ताराप्रसाद भट्टराईलोकसेवा आयोग (पदस्थापन)
२७.जनार्दन गुरागाईस्वास्थ्य मन्त्रालय (पदस्थापन)
२८.मनमाया भट्टराईसामान्य प्रशासन मन्त्रालय (पदस्थापन)
२९.यज्ञराज कोइरालासूचना तथा सञ्चार मन्त्रालय
३०.दामोदर रेग्मीवाणिज्य मन्त्रालय
३१.हरि प्रसाद बस्यालआपूर्ति मन्त्रालय
३२.रबिलाल पन्तसार्वजनिक खरिद अनुगमन कार्यालय
३३.मुकुन्द निरौलाभौतिक पूर्वाधार तथा यातायात
३४.रविशंकर ध्वजुराष्ट्रिय सतर्कता केन्द्र
३६.डा. नारायण प्रसाद रेग्मीनिर्वाचन क्षेत्र निर्धारण आयोग (काज)

                                  

२०७४ साउन २० गते १८:२८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =