मेडिसिन हर्वको रुपमा विकास गरेर मुलुकलाई समृद्ध बनाउन सकिने ‘ओली’

मंसिर २४, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधान मन्त्री केपी शर्मा ओलीले आफूले मुलुकलाई छिटो समृद्ध बनाउन चाहेको बताउनु भएको छ ।

अध्यक्ष ओलीले मुलुकको समृद्धिका लागि हरेकलाई आ–आफ्नो ठाउँबाट योगदान दिन पनि आह्वान गर्नु भयो । ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा आईतबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मुलुकलाई स्वाभिमानसहितको सभ्य र एकतावद्ध बनाएर लैजान पनि सबैले मिलेर काम गर्नुको विकल्प नरहेको स्पष्ट पार्नु भयो ।

अध्यक्ष ओलीले मेडिसिन हर्वको रुपमा विकास गरेर मुलुकलाई समृद्ध बनाउन सकिने समेत उल्लेख गर्नु भयो । उहाँले नेपाली जनताको इच्छा र आकांक्षालाई सम्बोधन गर्न मुलुकमा तीव्र गतिका साथ आर्थिक विकास गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

अध्यक्ष ओलीले नेपाललाई शैक्षिक हर्वको रुपमा विकास गर्न सकिने पनि बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =