नेपालगन्जमा मेयर पदका उम्मेदवारहरूको घम्साघम्सी
२०७४ जेठ १५ गते

नेपालगन्ज, जेष्ठ ३१ । नेपालगन्ज उपमहानगरपालीकाका मेयर पदका उम्मेदवार डा. सुरेश कुमार कनौडिया र डा. धवल संसेर राणाले नेपालगन्जको बिकासका लागी आफुहरु कटिबद्ध भएको बताउनुभएको छ ।
रफत सञ्चार क्लव बाँकेको आयोजनामा पत्रकारहरुसँग गरीएको सात्क्षाकार कार्यक्रमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टिका मेयर पदका उम्मेदवार डा. धवल शमशेर राणाले आफु पहिला पनि एकपटक नेपालगञ्जको मेयर भएर काम गरेको अनुभब रहेको बताउँदै नेपालगन्जको विकासका लागी आफु बाहेक अर्को बिकल्प नभएको बताउनुभयो । राणाले आफनो कार्यकालमा बनाईएका भौतिक संरचनाहरु अहिले जिर्ण र प्रयोग बिहिन भएकोले ति संरचनाको पुनर्निर्माण गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसबाट मेयर पदका उम्मेद्धारका सुरेश कुमार कनोडियाले आफुले चुनाव जितेमा ५ बर्ष मात्र नभई मरेर राप्ती नदि नजादा सम्म जनताको सेवा गर्ने बताउनुभयो । कनोडियाले आफुले विभिन्न संघसस्था र स्वास्थ्य क्षेत्रमा रही काम गरेकोले जनताले आफुलाइ भोट दिने विश्वास व्यक्त गर्नुभयो ।
नेपालगञ्जको फोहोर मैला व्वस्थापन, शिक्षा , धार्मिक तथा पर्यटकिय स्थान तथा खेलकुदका क्षेत्रमा काम गर्ने कनौडियाको प्रतिवद्धता छ । रफत सञ्चार क्लवकी बाँके अध्यक्ष रन्जिता ढकाल थापाको अध्यक्षमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष ठाकुर सिंह थारु लगायत विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मिहरुको सहभागिता रहेको थियो ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








