इब्राहिमोभिच पुनः म्यानचेस्टर युनाइटेडको जर्सीमा देखिन सक्ने

साउन २६, मकालु खबर । ज्लाटान इब्राहिमोभिचलाई पुनः क्लबमा आबद्ध गर्ने विषयमा म्यानचेस्टर युनाइटेडले प्रक्रिया अघि बढाइरहेको सञ्चारकर्मीले बताएका छन् । गार्जियन र स्काई स्पोर्टसका पत्रकार फार्बिजियो रोमानोले इब्राहिमोभिचलाई फर्काउने प्रक्रिया चलिरहेको दाबी गरेका छन् ।

गत सिजनको समाप्तीसँगै युनाइटेडसँगको इब्राहिमोभिचको सम्झौता सकिएको थियो । अप्रिलमा घुडाँमा चोट लागेपछि उनी मैदान बाहिर छन् । ३५ वर्षे स्वीडिस स्टारले अप्रिलको अन्त्यमा सम्झौता नविकरणका लागि क्लबले गरेको प्रस्ताव अस्विकार गरेको बताइएको थियो ।

पछिल्लो केही सातायताको घटनाक्रमले भने इब्राहिमोभिच पुनः युनाइटेडको जर्सीमा देखिन सक्ने अपेक्षा गरिएको छ । युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले पनि इब्राहिमोभिचसँग नयाँ सम्झौता हुन सक्ने बताएका थिए । त्यस्तै, टोलीका सदस्य पाउल पोग्बाले सम्झौता सकिएपछि पनि इब्राहिमोभिच अझै पनि नेतृत्व गर्न सक्षम रहेको बताएका थिए ।

एलए ग्यालेक्सी र नयाँ क्लब एलए एफसीले भित्राउन चाहेपनि इब्राहिमोभिचले अझै आफ्नो बारेमा निर्णय गरिसकेका छैनन् । युनाइटेडले इब्राहिमोभिचसँगको सम्झौता टुंगिएसँगै इर्भटनबाट रोमेलु लुकाकुलाई ७५ मिलियन पाउन्डमा भित्राइसकेको छ । सिजनको दोस्रो सत्रका लागि इन्टर मिलान, एसी मिलान, बार्सिलोना र पिएसजीका पूर्व स्टार इब्राहिमोभिच प्रभावकारी हुन सक्ने अनुमान गरिएको छ । फरवार्डमा विकल्प तयार पार्नका लागि पनि उनको सम्झावना बढी रहेको अनुमान गरिएको छ ।

यद्दपी उनी पूर्णरुपमा फिट हुन भने बाँकीे छ । पछिल्ला साता सामाजिक सञ्जालमा आएका सामग्रीले उनी फिट हुने क्रममा रहेको र डिसेम्बर सम्म मैदानमा फर्कने अपेक्षा गरिएको छ । उनी अहिले खुला सरुवामा रहेका कारण कुनै पनि समय क्लबमा आबद्ध हुन सक्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =