महाकाली सामुदायिक वनमा बृहद् बृक्षरोपण हुँदै


जेठ १८, नुवाकोट । प्राकृतिक सुन्दरताले भरिपूर्व नुवाकोट ककनी स्थित श्री महाकाली सामुदायिक वन उपभोक्ता समितिले बृहद् बृक्षरोपण गर्ने भएको छ । ककनी–२ स्थित ठुलो चित्रेमा अवस्थित सामुदायिक वनले आम जनतालाई वन जङ्गल संरक्षण गर्न जनचेतना फैलाउने अभिप्रायले बृहद् बृक्षरोपण गर्न लागेको हो ।
सामुदायिक बन स्थापना भएपछि वन जङ्गलको संरक्षण भएको र जनतामा वनजंगल जोगाउनु पर्छ भन्ने सचेतना बढेकोले समूहले यस पटक बृहद् बृक्षरोपण गर्न लागेको वन उपभोक्ता समितिका अध्यक्ष काले बहादुर तामाङले बताए । ‘जल जङ्गल र जमिन मानवका लागि मात्र नभएर जीवन र जगतकै लागि भएकोले हामीले यो क्षेत्रको वनजंगलको संरक्षणमा सबै लाग्नुपर्छ र वन जङ्गल भावी सन्ततिका लागि पनि चाहिन्छ भनेर बृहद् बृक्षरोपण गर्न लागेका छौँ ।’ अध्यक्ष तामाङले भने । बृहद् बृक्षरोपण कार्यक्रम वनमन्त्री शङ्कर भण्डारीको प्रमुख आतिथ्यमा हुने भएको छ ।
महाकाली सामुदायिक वनले ७०.११ हेक्टर क्षेत्र ओगटेको छ । जसमा १५ सय विभिन्न प्रजातिका रुख बिरुवा रोपण गरिनेछ । उक्त सामुदायिक वनमा लप्सी, कपुर, सल्लो लगायतका बिरुवा रोपण गरिने समूहका अध्यक्ष तामाङले जानकारी दिए ।
बृक्षरोपण कार्यक्रमलाई लायन्स स्मृति क्लब काठमाडौँले सहयोग गर्नेछ । उक्त रामुदायिक वनमा १ सय ६० घरधुरी उपभोक्ता रहेका छन् ।
०५५ साल अघि यो क्षेत्रमा व्यापक वन फडानी र वन्यजन्य वस्तुहरूको चोरी निकासी चरम भएपछि स्थानी उपभोक्ता आफैँ जागरुक भएर सामुदायिक वन गठन गरेका थिए । त्यसपछि सो क्षेत्रको वन संरक्षण हुनुका साथै समूहले वनजंगल संरक्षणमा व्यापक जनचेतना फैलाउने कार्य गरेको थियो । सरकारले उपभोक्ता समिति मार्फत वनजंगल संरक्षणको जिम्मा स्थानीय जनतालाई दिएसँगै नेपालको वनजंगलको संरक्षण बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − four =