७६औँ जिल्ला प्रशासन कार्यालय स्थापना
२०७४ जेठ १५ गते

कात्तिक २०, नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पूर्वजिल्लामा जिल्ला प्रशासन कार्यालय स्थापना भएको छ । तत्कालका लागि ‘नवलपरासी बर्दघाट सुस्ता पूर्व’ जिल्लाको नामाकरण गरिएको नवलपुर क्षेत्रको सदरमुकाम कावासोतीमा स्थापना गरिएको हो ।
यसअगावै नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्ला नवलपुर क्षेत्रमा जिल्ला समन्वय समिति, जिल्ला निर्वाचन कार्यालयलगायतका कार्यालय स्थापना भइसकेका छन् ।
यसअघि कावासोतीमा रहेको इलाका प्रशासन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयका रुपमा रुपान्तरण गरिएको हो । प्रमुख जिल्ला अधिकारीका रुपमा शम्भुप्रसाद मरासिनीले आइतबारदेखि जिम्मेवारी समालेको छन् ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








