डा. बाबुराम भट्टराईसहित ३ प्रतिशतले कुचो लागेका यि दलहरु (हेर्नुहोस् सूची)

काठमाडौँ, मंसिर २७ । अब, समानुपातिकतर्फको मत परिणाम मात्रै सार्वजनिक हुन बाँकी रहेको छ । समानुपातिकतर्फ कूल १ करोड पाँच लाख ८७ हजार ५२१ मध्ये आधाभन्दा बेसी मत गणना भसकेको छ भने बाँकी मत गणना जारी रहेको छ । बुधबार सुनसरी क्षेत्र नम्बर–३ को मत परिणाम सार्वजनिक भएसँगै प्रतिनिधिसभातर्फको १६५ र प्रदेश सभाको ३३० क्षेत्रको मत परिणाम बारिएको छ । हालसम्म प्रतिनिधि, प्रदेश र समानुपातिकतर्फको मत परिणाममा एमालेले एक्लौटी राज गरेको देखिन्छ ।

जारी रहेको समानुपातिक तर्फको मत परिणाम पनि छिट्टै सार्वजनिक गरिसक्ने बताइएको छ भने यस पटक प्रत्यक्षतर्फ १ सिटसहित समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेस होल्ड लागू भएपछि यसअघिको व्यवस्थापिका संसदमा प्रतिनिधित्व गरेका साना दलहरु चेपुवामा परेका छन् । यसअघि ०७० सालको दोस्र्रो संविधान सभाबाट २२ राजनीतिक दलले प्रतिनिधित्व गरेका थिए । पछि माओवादीबाट छु्ट्टिएर गठन भएको नयाँ शक्ति पार्टी थपिएसँगै संसदमा २३ दलको उपस्थिती रहेको थियो । तर, नयाँ शक्ति नेपालले गोरखा क्षेत्र नम्बर–२ बाट संसदमा प्रतिनिधित्व गर्ने मौका पाएपनि समानुपातिकतर्फ ३ प्रतिशत एक प्रतिशत पनि पुर्याउन सकेको छैन । यसकारण उक्त दल स्वतन्त्र भएर संसदमा प्रतिनिधित्व गर्ने निश्चित देखिन्छ ।

यस्तै, राप्रपा, जनमोर्चा र नेमकिपाले पनि प्रतिनिधि भा निर्वाचनमा १ सिट ल्याएका छन् भने स्वतन्त्रमा ३ जना उम्मेदवार पनि विजयी भएका त छन् तर उनीहरुमध्ये केहीले समानुपातिक तर्फ एक प्रतिशत भन्दा बेसी कटाएको देखिदैन । यसकारण ३ प्रतिशत थ्रेस होल्डको मारमा उनीहरु परेका छन् । यसकारण यि अपेक्षाकृत मत ल्याउन नसकेकोले राष्ट्रिय दल बन्न नसक्ने खतरा धैरे देखिन्छ ।

तर, यस पटकको निर्वाचनबाट ९ दलले राष्ट्रिय दल बन्ने संकेत नगरेका भने होइनन् । ९ दलले प्रत्यक्ष निर्वाचन प्रणालीमा जित दर्ता गरेका छन् भने समानुपातिकतर्फ पनि ३ जनाले जित हासिल गर्न सफल भएका छन् । संविधानको नियमअनुसार प्रत्यक्षतर्फ १ सिट जितेर समानुपातिकतर्फ ३ प्रतिशत मत कटाए स्वतन्त्र भएर संसदमा प्रतिनिधित्व गर्ने पाउने प्रावधान रहेको छ । यसकारण प्रत्यक्षतर्फ जित हासिल गरेपनि ३ प्रतिशतको मारले नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई पनि संसदमा स्वतन्त्र भई प्रतिनिधित्व गर्ने निश्चित देखिएको छ ।
अघिल्लो पटक संसदमा रहेका यी हुन् २३ दल :

नेपाली काँग्रेस, नेपाल कम्यूनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), संघीय समाजवादी फोरम, नेपाल, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी), नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त), नेपाल परिवार दल, बहुजन शक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), समाजवादी जनता पार्टी, नेपाली जनता दल, बौद्धिक जनतान्त्रिक परिषद्, नेपाल, खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल, अखण्ड नेपाल पार्टी, जनजागरण पार्टी नेपाल, मधेश समता पार्टी नेपाल र पछि एक जना सांसद प्रवेश गरेपछि नयाँ शक्ति पार्टी, नेपाल पनि संसदमा दर्ता भएको थियो ।








