घरेलु दुर्घटनामा प्राथमिक उपचार भन्दै रेडक्रस दिवस मनाईने

भाद्र २३, धरान । विश्व प्राथमिक उपचार दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटीले घरेलु दुर्घटनामा प्राथमिक उपचार भन्ने मूल नाराका साथ शनिवार नेपाल रेडक्रस दिवस मनाउँदैछ । विसं २०२० साल भदौ १९ गते नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको थियो ।
स्थापनाको उपलक्ष्यमा मानवीय सेवार्थ खटिने स्वयम्सेवकको सम्मान, प्राथमिक उपचार, रक्तसञ्चार सेवा, विपद् व्यवस्थापन लगायत रेडक्रसका गतिविधिबारे अन्तक्र्रिया, लगायत विविध कार्यक्रम गरी रेडक्रस दिवस देशभर मनाउन लागिएको हो ।
नेपाल रेडक्रस सोसाइटीका ७५ वटै जिल्लामा शाखा, एक हजार ५सय ८ उपशाखा, पाँच हजार ४१० जुनियर सर्कल र ८६५ वटा युवा सर्कल छन् । ती सबै निकायमा ९० हजार स्वयम्सेवक तथा १० लाख ६० हजारभन्दा बढी सदस्य आबद्ध नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष संजीव थापाले जानकारी दिए ।
सोसाइटीले विपद् व्यवस्थापन, आकस्मिक सेवा र सङ्कटासन्नता न्यूनीकरण गतिविधिलगायत अहिले ७५ जिल्लामा आफना नियमित कार्यक्रमको रूपमा सञ्चालन गरिने सुनसरीको धरानमा कार्यक्रमको पुर्वसन्ध्यामा गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।सम्मेलनमा केन्द्रका अध्यक्ष थापाले रेडक्रसको केन्द्र, जिल्ला, र सदरमुकाम मार्फत आफना विविध गतिबिधीहरुलाई मूल समारोह नेपाल रेडक्रस सोसाइटी शाखा सुनसरी मार्फत सञ्चालन गरिने जनाइएको छ ।
साथै सोही कार्यक्रम अन्र्तगत शनिवार आज बिहान धरानको छाताचौक पुरानो हस्पिटलको प्राङगणबाट विभिन्न चेतनामुलक ब्यानरका साथै ¥याली निकालिनुका साथै धरान १५ स्थित शिक्षा सदन विद्यालयमा अपौचारिक कार्यक्रमको आयोजना गरिने रेडक्रस सोसाइटी शाखा सुनसरीका अध्यक्ष उमेश थापाले जानकारी दिए ।








