गौशालामा एक युवती माथि सामूहिक बलात्कार

गौशाला । महोत्तरी जिल्लाको औरही गाउँपालिका–२ फुलबरियामा गएराति एक युवती माथि सामूहिक बलात्कार भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार गएराति ८ : ३० बजेतिर औरही बजारबाट फुलबरिया गइरहेकी २१ वर्षीया एक युवतीलाई औरही बजार भन्दा ९०० मिटर टाढाबाट चार युवाले सामूहिक बलात्कार गरेका हुन् ।

प्रहरी नायब उपरीक्षक पोखरेलले बलात्कारी चार मध्य एकजनालाई गएराति नै पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको र पीडित युवतीलाई उद्धार गरेर स्वास्थ्य जाँच गराई प्रहरीकै निगरानीमा राखिएको बताए । सो घटनामा संलग्न फरार तीन युवाको खोजतलास भइरहेको जनाइएको छ ।

प्रहरीले ती युवतीको उद्धार र दोषीलाई पक्राउ गरेपछि आरोपीहरुका तर्फबाट प्रहरी चौकीमा ढुङ्गामुढा भएकाले प्रहरीले स्थिति नियन्त्रणमा लिन पाँच राउन्ड हवाई फायरका साथै गोलीसमेत चलाउनुपरेको थियो ।

आफ्नै निजी व्यावसाय गर्दै आएकी ती युवती बलात्कृत भएपछि दोषीउपर कानुनी कारबाहीको माग गर्दै औरही उद्योग वाणिज्य सङ्घले आज बिहान १० देखि १ बजेसम्म तीन घन्टा जलेश्वर–बर्दिबास सडकखण्डमा चक्काजाम गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 1 =