मन्त्रीको गाडीद्वारा बानेश्वरमा ठक्कर, २ जना घाइते

भदौ २३, काठमाडौं । मन्त्री सवार गाडीको ठक्करबाट बानेश्वरमा २ जना घाइते भएका छन् । बा १ झ ७१६३ नम्बरको झण्डावाला गाडीले बानेश्वरमा बा ४८ प ९२५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करपछि प्रत्यक्षदर्शीले रोक्न खोज्दा मन्त्रीको गाडी भागेको थियो । बानेश्वरमा सुरक्षाका लागि बसेका प्रहरीले ठक्कर दिने गाडीलाई सुरक्षा दिएर भगाएको आरोप प्रत्यक्षदर्शीले लगाएका छन् । ठक्कर दिने बा १ झ ७१६३ नम्बरको गाडीमा मन्त्रीसमेत सवार थिए । गाडीमा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट सवार रहेको खुलेको छ ।

घाइते दुवै जनाको एभरेष्ट नर्सिङ होममा उपचार भइरहेको छ । लेन मिचेर तिव्र गतिमा आएको गाडीले बाइकलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताए । घाइते हुनेमा सिन्धुपाल्चोक जलवीरेका सहदेव श्रेष्ठ र उहाँकी सानी आमा अञ्जु श्रेष्ठ छन् । घाइते दुवै जनाको एभरेष्ट नर्सिङ होम बानेश्वरमा उपचार भइरहेको छ । लेन मिचेर तिव्र गतिमा आएको गाडीले बाइकलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताए ।








