तीर्थयात्री बोकेको जीप ताप्लेजुङमा दुर्घटना

असोज २३, ताप्लेजुङ । सोमबार बिहान तीर्थयात्री बोकेको जीप ताप्लेजुङमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । भने, ४ जना गम्भीर घाइते भएका छन् । ताप्लेजुङको फुङलिङ नगरपालिका–१० छातेढुंगास्थित सुकेटार पाथीभरा सडक खण्डमा मे १ ज १३०८ नम्बरको जीप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार दुर्घटनामा परी पाथीभरा दर्शन गरेर फर्किएकी उर्लाबारी नगरपालिका–४, मोरङकी अनिता थापा घिमिरेको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अनिलजंग थापा, होमराज घिमिरे, दिलिप घिमिरे र चालक अमिक श्रेष्ठ घाइते भएका छन् । घाइते चारैजनाको अवस्था गम्भीर छ । घाइते सबै उर्लाबारी, मोरङका हुन् ।

घाइते ४ जनालाई उपचारका लागि सदरमुकाम ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । जीप सोमबार बिहान ८ः३० बजे सडकबाट झन्डै २ सय मिटर तल खसेको थियो । प्रहरीका अनुसार, जीप मोड्ने क्रममा सडकबाट तल खसेको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 7 =