गम्भीर रोगका विरामीहरुलाई दिने भनिएको राहत एक महिना नपुग्दै रोकियो

काठमाडौं, माघ ९ । सरकारले गम्भीर रोगका विरामीहरुलाई दिने भनेको सहयोग अर्थ मन्त्रालयले रोकेको छ । प्रष्ट मापदण्ड नपुगेको भन्दै अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई बजेट दिन रोकेको हो । स्वास्थ्य मन्त्रालयले अर्थसँग बजेट मागे पनि मापदण्ड बनाएको छैन ।

सरकारले पुस १३ गतेको मन्त्रिपरिषद बैठकबाट गम्भीर विरामीलाई महिनाका हिसावले सहयोग दिने निर्णय गरेको थियो । सरकारले मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय गरेको थियो । सोही अनुरुप अर्थमन्त्रालयसँग बजेट माग गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले प्रस्ट मापदण्ड नबुझाएपछि बजेट रोकिएको हो । अर्थ मन्त्रालयका प्रवक्ता अर्जुन प्रसाद पोखरेलले मन्त्रिपरिषदले गरेको निर्णय अर्थ मन्त्रालयले नमान्ने नभएपनि स्वास्थ्य मन्त्रालयले मागेको बजेट ‘अफ बजेट’ भएकाले उपलब्ध नहुने सम्भावना रहेको जानकारी दिनुभयो । अर्थले बजेट रोकेपछि कार्यक्रम अलपत्र पर्ने देखिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =