राष्ट्रियसभाको निर्वाचनका लागि आयोगमा १० राजनीतिक दल दर्ता

काठमाडौं, पुस २६ । निर्वाचन आयोगमा राष्ट्रियसभाको निर्वाचनका लागि १० राजनीतिक दल दर्ता भएका छन् । आगामी माघ २४ गते हुन लागेको निर्वाचनका लागि हिजोसम्म १० राजनीतिक दल दर्ता भएका हुन् । आगमी २८ गते सम्म दलदर्ताको समय तोकिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित मधेसवादी दलले पनि अझै दल दर्ता गराएका छैनन् । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ८ जनाका दरले ५६ जना निर्वाचित हुनेछन् । एक/दुई दिनभित्रै राष्ट्रियसभा निर्वाचनको कार्यतालिका र कार्यक्रम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 7 =