गेटाफेकाे पाेस्टमा बार्साकाे ३ गाेल

एजेन्सी । स्पानिस ला लगा अन्तर्गत २०१८ को पहिलो खेलमा बार्सिलोना विजयी भएको छ। घरेलु मैदानमा आइतबार भएको खेलमा बार्सिलोनाले गेटाफेलाई ३–० ले हराएको हो।

बार्सिलोनाको जितमा अर्जेन्टार्इन स्टार लियोनल मेसी र लुइस स्वारेजले पहिलो हाफमा १/१ गोल गरे भने ब्राजिली मिडफिल्ड पाउलिन्होले दोस्रो हाफमा एक गोल गरेका थिए।

नोउ क्याम्पमा मेसीले १५औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । स्वारेजले खेलको ३८औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए। निर्धारित समयमा दुई गोल गरेको बार्साका लागि इन्जुरी टाइमको तेस्रो मिनेटमा पाउलिन्होले गोल गरे ।
उनले मेसीको पासमा गोल गरेका थिए । ला लिगाकाे याे सिजन बार्सिलाेनाका मेस्सीले १६ गाेल गरिसकेका छन् भने, चाइनिज क्लबबाट अाएक पाउलिन्हाेले ७ गाेल गरिसकेका छन् ।

जितपछि लिग लिडर बार्सिलोनाले २२ खेलबाट ४८ अंक जोडेको छ। बार्सिलोनाले दोस्रो स्थानको एथ्लेटिको मड्रिडमाथि फेरी ९ अंकको अग्रता समेत लिएको छ। ला लिगाका आधा खेल बाँकी रहँदा बार्साले आफ्ना प्रतिष्पर्धीसँग फराकिलो जीत निकाल्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − two =