अपडेट–सिमिकोट विमान दुर्घटना, चारजना घाईते
२०७४ जेठ १५ गते

मंसिर १२, काठमाडौं । हुम्लाको सिमिकोट विमानस्थलको रनवेमा चिप्लिदाँ तारा एयरको ९ एनएबिएम कलसाईन ट्वीनअटर विमान दुर्घटनामा ४ जना घाइते भएको प्रहरीले जनाएको छ । विमानमा सवार दुई प्रहरीसहित एक क्याप्टेन र परिचारिका घाइते छन् ।
विमानले १७ यात्रु लिएर नेपालगन्ज उडान भर्ने क्रममा दुर्घटनामा परेको हो । विमान टेकअफ लिनेवेलामा टायर पंचर भएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।
उनीहरुको टाउकोमा चोट लागेको छ । अन्य १३ यात्री भने सामान्य घाइते छन्। उनीहरुको हुम्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








