सरुवा-बढुवाका लागि कसैको चाकडी गर्नुपर्दैनः प्रधानमन्त्री

माघ २९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरुवा बढुवाका लागि कसैलाई रिझाउनु नपर्ने बताएका छन् । 

मंगलबार नेपाल प्रहरीद्वारा आयोजित १७८ औँ दीक्षान्त समारोहको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले न्यायोचित प्रणालीको विकासपछि सरुवा बढुवालगायतमा कसैले पनि भेदभाव भएको महसुस गर्न नपर्ने दाबी गरे । 

‘तपाईंहरु गर्वका साथ कार्यक्षेत्रमा खटिनुस् । हाकिम र माथिकाको दलाली नगर्नुस्, प्रहरी दलाली गर्न होइन, दमन गर्न पनि होइन । कर्तव्य पालनाका लागि हो।’, प्रधानमन्त्रीले भने, ‘प्रोमोशन हुनको लागि कसैलाई रिझाउनु पर्दैन । कार्यसम्पादन मूल्यांकनको आधारमा प्रमोशन गर्न न्यायोचित प्रणाली स्थापना गर्न निर्देशन भइसकेको छ।’ 

null

प्रहरीलाई अरु देशको भन्दा कुनै पनि हिसाबमा कमजोर बनाउन नदिइने भन्दै उनले सरकार कुनै पनि पक्षपात, कोशेली वा चाकडीको पक्षमा नभएको बताए । 

त्यस्तै प्रधानमन्त्रीले तत्कालीन सरकार ढल्ने सम्भावना नभएको दाबी गरेका छन् । उनले सरकार हट्नुभन्दा अगाडि धेरै कुरा थितिमा ल्याउने पनि बताए । 

प्रधानमन्त्री ओलीले महाराजगञ्जस्थित प्रहरी तालिम केन्द्र सार्ने विषयलाई लिएर राष्ट्रपतिमाथि अनावश्यक लाञ्छना लगाएको बताए । राष्ट्रपतिको कारणले नभई पर्याप्त स्थान नभएकाले तालिम केन्द्र पनौती स्थानान्तरण गर्न लागिएको प्रधानमन्त्री ओलीको भनाइ छ । 

कार्यक्रममा ८३ पुरुष र १२ महिला गरी कूल ९५ इन्सेक्टर पास आउट भएको जानकारी दिइयो । यस्तै तालिमका क्रममा प्रथम द्धितीय र तृतीय भएकाहरुलाई सम्मानित पनि गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =