रामप्रसाद राई स्मृति प्रतिष्ठानमा नयाँ नेतृत्व

मंसिर २५, काठमाडौँ । २००७ सालका प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको स्मृतिमा २५ वर्षअघि राजधानीमा स्थापित रामप्रसाद राई स्मृति प्रतिष्ठानको नयाँ नेतृत्व चयन भएको छ ।  

वरिष्ठ साहित्यकार तथा पूर्वमन्त्री प्रदीप नेपालको प्रमुख आतिथ्य एवं इतिहासविज्ञ प्रा.डा.गोविन्दमानसिंह कार्कीको आतिथ्यमा प्रज्ञा भवन, कमलादीमा सम्पन्न स्मृति प्रतिष्ठानको १० औँ अधिवेशनले तारादेवी राईको अध्यक्षतामा सर्वसम्मत रूपमा तीन वर्षका लागि १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 

अधिवेशनले स्मृति प्रतिष्ठानको दुई उपाध्यक्षमा पासाङदोर्ची शेर्पा र टङ्कप्रसाद श्रेष्ठ तथा महासचिवमा देवान राई, सचिवमा शशी लुमुम्बू र कोषाध्यक्षमा इन्दिरा पोखरेललाई निर्वाचित गरेको छ ।   

सदस्यहरूमा शान्ति देवान, इन्दिरा भट्टराई, खण्डमान राई, गोपी न्यौपाने, गोपालचन्द्र राई, रेजिन श्रेष्ठ, विशाल राई, सञ्जीव रोकाहा, प्रमिला राई, भरत ढकाल र बिर्सिका राई चुनिएका छन् ।           

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 2 =