हेटौंडामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
२०७४ जेठ १५ गते

काठमाडौं, माघ १२ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ मिलनचोकमा गएराती मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको छ ।
ना१८प ४६९१ नम्बरको मोटरसाइकल गएराति सबा ९ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका चालक स्थानीय २१ वर्षीय राकेश भुजेलको उपचारको क्रममा हेटौंडा अस्पतालमा गएराति पौंने १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








