गत आर्थिक बर्षमा परेका ६२ प्रतिशत उजुरी फस्र्यौट
२०७४ जेठ १५ गते

सुर्खेत, भदौ १३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा गत आर्थिक बर्ष ०७३÷०७४ मा परेकामध्ये ६२ प्रतिशत उजुरी फस्र्यौट भएका छन् । गत आर्थिक बर्षमा परेका जम्मा ६ सय ३३ उजुरीमध्ये ३ सय ९३ उजुरी फस्र्यौट भएको कार्यालयले जनाएको छ । अब कार्यालयमा फच्र्यौट हुन बाँकी गत आर्थिक बर्षमा परेका २ सय ४० उजुरी रहेका छन् ।
कार्यालयले हेर्ने जिल्लाहरुमध्ये गत आर्थिक बर्ष सुर्खेतबाट सबैभन्दा धेरै १ सय ३३ वटा मुद्दा दर्ता भएका छन् भने सबैभन्दा कम डोल्पाबाट २२ वटा मुद्दा दर्ता भएका छन् । त्यसैगरी, कालिकोटबाट ९९, जाजरकोटबाट १०१, दैलेखबाट ७९, हुम्लाबाट ४८, मुगुबाट २८, जुम्लाबाट ४१, रुकुमबाट ४२ र सल्यानबाट २५ वटा मुद्दा दर्ता भएका छन् ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








