प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथ आज

काठमाडौं, माघ ५ । सातवटै प्रदेशका प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयमा आज अपराह्न ३ देखि ४ बजे बीचमा शपथग्रहण गर्ने तयारी रहेको छ ।

सरकारले बुधबार प्रदेश प्रमुखको नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । हिजो सार्वजनिक बिदा परेकाले शपथग्रहण आजलाई सरेको हो । यसैबीच, निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन तयार गरेको छ । प्रदेश प्रमुखले शपथग्रहण गरेपछि लगत्तै प्रतिवेदन बुझाउने गरी राष्ट्रपति कार्यालय र सरकारसँग समन्वय भइरहेको छ ।

यस्तै निर्वाचन आयोगले समानुपातिक तर्फबाट प्रदेशसभाको सांसद बनेकाहरुलाई आज प्रमाणपत्र वितरण गर्दैछ । मंसिर १० र २१ गते भएको चुनावमा दलहरुले पाएको मतका आधारमा प्रदेशसभामा चुनिएका २ सय २० जना समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 16 =