३२ एयरलाइन्सद्धारा बक्यौता तिर्न अटेर
२०७४ जेठ १५ गते

काठमाडौं, माघ ४ । ३२ वटा स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीले ११ करोड ३९ लाख ६४ हजार ९७३ रुपैयाँ रकम तिर्न अटेर गरेका छन् ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार रकम तिर्न अटेर गर्नेमा विगतमा सञ्चालनमा रहेका तर हाल बन्द अवस्थामा रहेका वायुसेवा कम्पनीहरु रहेका छन् ।
रकम नतिर्नेमा बर्मा एयरवेज, लुफथान्सा गल्फ एयर, एयर सहारा, बहराइन एयर, ओरियन्ट थाई एयरलाइन्स, पाकिस्तान एयरलाइन्स, सिंगापुर एयरलाइन्स किंग फिसर एयरलाइन्स, हङकङ एक्सप्रेस लगायत रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थल कार्यालयका अनुसार नेपाली एयरलाइन्स समेत बक्यौता रकम नतिर्ने सूचीमा रहेका छन् । एयर नेपाल, एयर काष्ठमण्डप, मकालु एयर, कर्णाली एयर, सांग्रिला एयरले पनि बक्यौता रकम तिर्न बाँकी छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








