दुई दिनदेखिको बन डढेलो स्थानीयले निभाए

पुस ६, डोल्पा । यहाँको त्रिपुरा सुन्दरी नगरपालिकाअन्तर्गत वडा नं १ स्थित गौचर बनमा लागेको भीषण आगो नियन्त्रणमा आएको छ । बस्ती नजिकैको सो वनमा दुई दिनदेखि लागेको भीषण आगलागी स्थानीयवासीको सक्रियतामा निभाइएको स्थानीय नन्दबहादुर शाहीले बताए ।

आगलागी नियन्त्रणका लागि भिजाइएका कपडा, रुखका हाँगा, कुटो कोदालोसहित गाउँका, महिला, युवा केटाकेटी सबै वनमा पुगेका थिए । आगलागीले चरिचरनका रुपमा रहेको रैबुन, भलखोला हुँदै दैचउरसम्मको सम्पूर्ण वन सखाप भएको छ ।

वन सबै आगलागीले सखाप पारेपछि बस्तुभाउ चराउन समस्या भएकाले स्थानीयवासी चिन्तित भएका छन् । आगलागीका सम्बन्धमा स्थानीयवासीले नै अनुसन्धान गरिरहेको शाहीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =