जंगलको आगलागीमा दुईको मृत्यु
२०७४ जेठ १५ गते

रुकुम, माघ २ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा आगलागीमा परेर दुईजनाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नं ३ को लालपाटन जंगलमा गत शुक्रबारदेखि लागेको आगलागीमा परेर घाँसदाउरा लिन जाने गाउँपालिका वडा नं ७ का श्यामबहादुर बोहरा र केशरमान मल्लको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले जानकारी दिए ।
दुवैजनाको आगलागीमा परेर आइतबार बिहान मृत्यु भएको भएपनि जिल्लाको सबैभन्दा विकट ठाउँ भएकाले ढिला गरी जानकारी आएको प्रजिअ सापकोटाको भनाइ छ ।
आगलागीमा परेर सोही ठाउँका शेरबहादुर बोहरा गम्भीर घाइते भएका छन् । बोहराको जिल्लामा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ । सो जंगलमा लागेको आगो नियन्त्रणमा आएको छैन।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








