बलिउड अभिनेत्री सोनाक्षी ब्रेकअप पछि गोवामा मन बहलाउदै

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो ३० औं जन्मदिन साथीहरुका साथ गोवामा मनाइएकी छन् । व्याइफ्रेण्ड बन्टी सजदेहसँग हालै मात्र ब्रेकअप गरेकी उनी अहिले मन बहलाउन विभिन्न उपाय गरिरहेकी छिन् । साथीहरुसँग रमाएको फोटो सोनाक्षीले इन्स्टाग्राममा सेयर गरिन् । ती फोटोमा उनी निकै खुशी देखिन्छन् । यस्तो लाग्दैन कि व्याइफ्रेण्डसँग उनको भर्खरै ब्रेकअप भएको हो ।

एउटा लोकप्रिय वेबसाइटका अनुसार सोनाक्षी २०१२ देखि बन्टीलाई डेट गरिरहेकी थिइन् । बन्टीले सोनाक्षीको एउटा फिल्मको एसाइनमेन्ट ह्यान्डल गरिरहेका थिए । फिल्मका फाइनान्सरका अनुसार यस फिल्मका लागि सोनाक्षीले सुरुमा निकै मोटो रकम मागेकी थिइन् तर पछि अलिकति घटाइन् ।

फिल्ममा दुई पुरुष लिड रोलको अपोजिटमा सोनाक्षीलाई लिइएको थियो तर पछि कारणबस यो प्रोजेक्ट नै बन्द भयो । त्यति बेलादेखि नै सोनाक्षी र बन्टीको ब्रेकअप भएको हो । स्मरणीय के छ भने बन्टी यसअघि अभिनेत्री सुस्मिता सेनका व्याइफ्रेण्ड थिए । बन्टीसँगको ब्रेक अपपछि सोनाक्षीको फिल्मको एसाइन्मेन्ट उनका भाई लवले ह्यान्डल गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + nineteen =