काठमाडौं–निजगढ द्रुतमार्ग निर्माण तोकिएकै समयमा सम्पन्न हुने

 

चैत १, काठमाडौँ । संघीय संसदको विकास तथा प्रविधि समतिले स्थलगत अवलोकनपछि तोकिएकै समयमा काठमाडौँ–निजगढ द्रुतमार्ग निर्माणको काम समयमै सम्पन्न हुने निष्कर्ष निकालेको छ । 

समितिको शुक्रबारको बैठकमा समितिकी सभापति कल्याणी खड्काले द्रुतमार्गको स्थलगत अवलोकसम्बन्धी प्रतिवेदन पेस गर्दै तोकिएकै समयमा सम्पन्न हुने जानकारी गराएकी हुन् । उनले द्रुतमार्गको ७० प्रतिशत निर्माण कार्य सम्पनन भइसकेको बताइन् । 

null

७६ दशमलब २ किलोमिटर लम्बाई रहेको सो द्रुतमार्गको ५४ किलोमिटरको काम नेपाली सेनाले सम्पन्न गरिसकेको छ। 

प्रतिवेदनमा सो द्रुतमार्गको काम बिना अवरोध अघि बढाउन सम्बन्धित स्थानीय तहसँग सहकार्यका साथ अघि बढ्न पनि नेपाली सेनालाई सुझाव समेत दिइएको छ। 

त्यसैगरी, स्थानीय स्तरमा भएका निर्माण सामग्रीको उचित प्रयोगमा ध्यान दिन पनि नेपाली सेनालाई सुझाव दिइएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन्।‍ स्थानीय निर्माण सामग्री प्रयोगमा कानुनी जटिलता देखिएको उल्लेख गर्दै प्रतिवेदनमा त्यसको उचित व्यवस्थापन गर्न पनि सरकारलाई सचेत गराइएको छ। उपसमितिले तयार पारेको प्रतिवेदनमा सो द्रुतमार्ग निर्माणको काम सम्पन्न हुने आधार सुनिश्चित भएको पनि उल्लेख गरिएको छ। आयोजनाको निर्माणका लागि एक खर्ब १२ अर्ब बजेट लाग्ने अनुमान गरिएको छ। 

काठमाडौं–निजगढ फास्ट ट्रयाक अर्थात द्रुतमार्गको काम प्रचण्ड नेतृत्वको सरकारले २०७४ साल २१ बैशाखमा द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । 

भारतीय कम्पनीले आफ्नो डीपीआर किन्नु पर्ने शर्त राखेको थियो । त्यसपछि देउवा सरकारले भारतीय कम्पनीले बनाएका डीपीआर किन्ने निर्णय गर्दै अध्ययन गर्न सेनालाई भनेको थियो । उक्त अध्ययनका क्रममा डीपीआर पूर्ण नपाएपछि नेपाली सेनाले आफैं डिपिआर तयार गर्ने निर्णय गरेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =