तिम्ल्याहा दिदी-बहिनीको एकैसाथ बिहे, झुक्किए बेहुलाहरु

एजेन्सी । यी तीन दिदी बहिनीहरुको अनुहार हेर्दामात्र होइन, जीउडालको आकार र साइज पनि उस्तै छ । तस्बिरमा देखिएका तिम्ल्याहा दिदीबहिनी खासमा आ/आफ्ना बेहुलाको प्रतीक्षामा छन् ।

ब्राजिलका यी तिम्ल्याहा दिदीबहिनीको विवाह समारोह यस अर्थमा अनौठो थियो कि, उनीहरूलाई पहिचान गर्न निकै कठिन थियो । यस्तो अवस्थामा उनीहरूका जीवन साथी बेहुली साटिएलान कि भनेर निकै चिन्तित थिए ।

दिदीबहिनीले विवाह समारोहमा उस्तै ड्रेस लगाए । उनीहरूको हेयर स्टाइल र मेकअप पनि एकै प्रकारको थियो । तर, उनीहरूको विवाह भने तीन फरक युवकसँग तय भएको थियो ।

अनुहार, पहिरन र जीउडाल उस्तै भएपछि बेहुला नझुक्किने कुरै भएन् । तर, यस्तो दुर्घटनाबाट टार्न सानो चलाखी गरिएको थियो । उनीहरूले हातमा बोकेको फुल भने फरक/फरक रङ्गका थिए । त्यही एउटा सङ्केतका कारण बेहुलाहरुले आ/आफ्ना जीवनसाथी ठम्माउन सके ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =