अपाङ्गको देश विकासका निम्ती यस्तो मेहनत, सरकार छ बेखबर

भदाै २१, मकालु खबर । मनमा काम गर्ने अठोट र साहस भए जस्तोसुकै कार्यलाई पनि सहज ढङ्गले अगाडि बढाउन सकिन्छ भन्ने भनाइलार्इ क्रिर्तिपुरका अपाङ्गहरूले चरितार्थ गरेर देखाएका छन् ।

नेपाल अपाङ्ग सेवा समितिले दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिका लागि क्रिर्तिपुरमा संगम अगरबत्ती धुप उद्योग सञ्चालन गरेको तिन वर्ष भइसकेको छ । उनीहरूलाई व्यावसायिकता र उद्यमशीलतामार्फत आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यका साथ सेवा समितिले उद्योग सञ्चालन गरेको हो । उद्योगमा हाल १५ जना अपाङ्गहरूले अगरबत्ती बनाउने काम गरिरहेका छन् ।

अपाङ्गता भएका व्यक्तिलाई समाजको बोझका रूपमा लिइने, उनीहरूको ज्ञान, सीप र क्षमताको प्रयोग गर्ने उपयुक्त स्थानको अभाव, पारिवारिक सामाजिक अविश्वास, व्यवसाय सञ्चालनको अव्यवस्थित तौरतरिकाजस्ता कुरालाई चिर्न समाजले धुप उद्योग सञ्चालन गरेको हो ।

दयाको पात्र नबनेर केही उदाहरणीय कार्य गरी आफ्नो छुट्टै पहिचान बनाएर अपाङ्गता भएका व्यक्तिले पनि समाज र परिवारका लागि केही गर्न सक्छन् भनेर देखाउन सफल छन् उनीहरू ।

समितिका सदस्य रमेश वि सी एवम् प्रकाश दियालीले भने, ”हामी देशका लागि केही गर्न चाहन्छाै तर हामीलार्इ सरकारले वास्ता गरेन । अगरबत्ती हामीले बनाइरहेका छाै तर देशकै राजधानी काठमाडाैमा समेत हामीले बेच्नका लागि घरघर भाैतारिनु पर्छ । यसका लागि सरकारले केही सहयोग गरे हामलार्इ केही सहज हुने थियो ।” उनीहरूले दुख पोख्दै भने ।

उनीहरूले सहयोगका लागि अपिल समेत गरेका छन् । उनीहरूलार्इ सहयोग गर्न चाहनेले ९८४१४५८४४० वा ९८४७३५२०३३ मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + ten =