१ नं प्रदेशमै पहिलो पटक राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी हुने

धरान, माघ २७ । ‘कृषि यन्त्र र प्रविधिको उपयोग, व्यवसायिक कृषि विकासको आधार’ भन्ने मुल नाराका साथ धरानमा प्रदेश नं १ मै पहिलो पटक राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी हुने भएको छ ।

धरानको पुर्वाअञ्चल ईन्जीनिरिङ कलेजको खेल मैदानमा फागुन १० गते देखी १३ गते सम्म प्रदर्शनी संञ्चालन हुने नेपाल कृषि मेसेनेरी व्यवसाय संघका महासचिव खोजराज कटुवाललले जानकारी दिए ।


प्रदर्शनीका लागी देशभरी १ सय ५० वटा स्टल रखिने शनिवार धरानको उद्योग बाणिज्य संघको सभाहलमा गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

प्रदेश नं १ मा पहिलो पटक तथा नेपालमै तेश्रोे पटक हुन लागेको राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनीमा २० मुलुकका २ हजार भन्दा बढी प्रकारका कृषी यन्त्र औजारहरुको अवलोकन गर्न सकिनेछ ।

यान्त्रिकरणले बिगतका राष्ट्रिय योजना र नीतिहरुमा प्राथमिकता नपाएपनि हाल आएर बढ्दो शहरीकरण , ्युवा जनशक्ति बजार मुखी र बिदेश पलाएन लगायत बिबीध कारणले गर्दा हाल आएर यसको आवश्यकता र महत्व बढेको कारण यसको आवश्यकता र महत्वलाई प्राथमीकता दिई नेपालमै पहिलो पटक राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी गर्न लागीएको आयोजकले जनाएको छ ।

नेपाल कृषि मेसेनेरी व्यवसायी संघको आयोजना हुने सो प्रदर्शनीलाई नेपाल सरकार कृषि विकास मन्त्रालय कृषि विभाग ,उधोग बाणिज्य संघ सुनसरी लगायतले सहयोग गरेका छन् ।

प्रर्दशनीमा करिब ५० हजार दर्शाकले अवलोकन गर्ने र १० करोडको कारोबार हुने आयोजकको दावी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 3 =