बृद्धाश्रम सहयोगार्थ कार्यक्रममा तेरियाको प्रस्तुति हुँदै


जेठ २१,लण्डन । ‘डान्स इण्डिया डान्स’ र ‘झलक दिखलाजा’ की विजेता नेपाली चेली तेरिया मगरले लण्डनको प्लमस्टिडमा आयोजित च्यारिटी डिनर कार्यक्रममा सहभागी हुन लागेकी छिन् । कपिलबस्तु बाँडगंगा नगरपालिका स्थित नन्दनगरमा निर्माण हुन लागेको वृद्ध बृद्धाश्रमका लागि सहयोगार्थ आयोजित च्यारिटी कार्यक्रममा मगर सहभागी हुन लागेकी हुन् ।
मगर सङ्घ युकेको ओपन कन्सर्टमा भाग लिन दोस्रो पटक बेलायत आएकी कलाकार तेरिया मगर च्यारिटी डिनरमा सहभागी भएर आफ्नो कलाकारिता प्रस्तुत गर्न लागेकी हुन् । कार्यक्रममा उनीसँगै गायिका शर्मिला वर्देवा र गायक योगेश्वर अमात्यसमेतको विशेष कार्यक्रम रहेको छ । तेरीया मगरलाई आयोजक मध्ये एक बुद्ध फाउण्डेशन यूकेका अध्यक्ष दीपक श्रेष्ठको पहलमा आमन्त्रण गरिएको हो ।
च्यारिटी डिनर कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन राष्ट्रिय कलाकारसँगै स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी रहने बताइएको छ ।
बुद्ध फाउण्डेशन यूके, कपिलवस्तु समाज यूकेको संयुक्त आयोजना एवं एनआरएन यूकेको सहयोगमा प्लमस्टिडस्थित एसियन कम्युनिटी हलमा कार्यक्रम हुनेछ ।


बुद्ध फाउण्डेशन यूकेका अध्यक्ष दीपक श्रेष्ठका अनुसार कपिलवस्तुमा निर्माणधिन बृद्धाश्रम निर्माणका लागि करिब २६ हजार पाउण्डको प्रतिबद्धता आइसकेको छ । बृद्धाश्रम भवन निर्माणमा सहयोग गर्ने दाताहरुमध्ये कोठा निर्माण गरिदिनेको कोठा नै नामाकरण गरिनेछ । भने, भवन निर्माणका लागि ५० हजार भन्दा बढी सहयोग गर्नेहरुको नाम शिलालेखमा राखिने छ ।
बाणगंगा स्थित नन्ननगरमा निमार्ण हुन लागेको उक्त बृद्धाश्रमको लागत ७० लाख रुपैयाको छ । उक्त भवनमा १४ ओटा कोठा रहने छन् । भवन निर्माणका लागि स्थानीय कैलाश आश्रम तथा मनकामना दुर्गा मन्दिर धार्मिक वनले २० रोपनी जग्गा निःशुल्क उपलब्ध गराउने सम्झौता भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + twenty =