‘साना हात’बाट न्यानो लुगा वितरण
२०७४ जेठ १५ गते

भद्रपुर, २२ पुस । तराईमा अत्यधिक चिसो बढ्न थालेपछि चिसोबाट जोगिन विलिभर्स इस्ट्रन चर्च तथा साना हात नेपाल नामक संस्थाले विभिन्न ठाउँमा बाढीपीडित विपन्न परिवारजन तथा विद्यार्थीलाई सहयोग गरेको छ ।
संस्थाका फादर तथा अध्यक्ष जगत वाग्ले र सामाजिक अभियन्ता शिवराज भण्डारीको अगुवाइमा झापाको कचनकवल गाउँपालिका–७ बालुवाडीका १७ परिवारलाई कम्बलसहित बाल विकास केन्द्र भद्रपुर नगरपालिका–३ स्थित पृथ्वीनगरका २० जना विद्यार्थीलाई न्यानो लुगा स्वीटर र टोपी वितरण गरिएको हो ।
भद्रपुर नगरपालिका–३ अन्तर्गत पर्ने हात्तीमारा बालविकास केन्द्र पृथ्वीनगरका वियार्थीलाई, स्वीटर र न्यानो टोपीसहित रु ५० हजार मूल्य बराबरको सहयोग गरेको चर्चका फादर वाग्लेले जानकारी दिनुभयो ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








