गिरी र केसी बीच कडा टक्कर

मंसिर १३, काठमाडाैं । कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वसिँचाइमन्त्री दीपक गिरी चौथोपटक चुनावी मैदानमा छन् । उनले यसअघिका ३ चुनावमध्ये एकपटक विजयी भए भने २ पटक हार बेहोरे । २०६४ को संविधानसभा चुनावमा जिल्लाभर माओवादी केन्द्रले जित्दा उनी थोरै मात्रै मतान्तरले पराजित भएका थिए ।

२०७० को संविधानसभा चुनावमा भने उनी पहिलोपटक विजयी भए । त्यही जितबाट उनी सिँचाइमन्त्रीसमेत भए । अहिले फेरि उनी प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र ३ बाट चुनावी मैदानमा छन् । उनसँग प्रतिस्पर्धा गर्दै छन् वाम गठबन्धनबाट एमाले जिल्ला सचिव हीराचन्द्र केसी । केसी पहिलोपटक संसदीय चुनावमा सहभागी हुँदै छन् ।

गिरी आफ्नो राजनीतिक उचाइको उम्मेदवार नभएको गुनासो गर्छन् । २०७० मा गिरीसँग एमाले जिल्ला सदस्य उत्तरकुमार ओली प्रतिस्पर्धामा थिए । ‘म अझै उच्च तहका नेताहरूसँग प्रतिस्पर्धा गर्न चाहन्थें तर वाम गठबन्धनबाट केन्द्रीय तहका नेताहरू यो क्षेत्रमा आउनुभएन,’ उनले भने, ‘मलाई वाम गठबन्धनले केही असर गर्दैन ।, यो खबर आजको कान्तिपुरमा छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eleven =