बिमानको इन्जिन फेल भएपछी पाइलटले सकुशल अवतरण गरी ठूलो दुर्घटना हुनबाट जोगए

भाद्र १८, काठमाडौँ । बुधबार  सीता एयरको एक सिंगल इन्जिन जहाजको इन्जिन आकाशमै फेल भएपनि पाइलटले सकुशल अवतरण गरी ठूलो दुर्घटना हुनबाट जोगाएका छन् ।   

अनुभवी पाइलट भरत थापाले उडाएको  उक्त बिमान उडानकै क्रममा प्राविधिक समस्या आएपछी काठमाडौं विमानस्थलमा सकुशल अवतरण गरी ठूलो दुर्घटना हुनबाट जोगाएको त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिएका छन् ।   

क्षेत्रीका अनुसार सीता एयरको ड्रोनियर ९ एन–एजेएच कलसाइन भएको उक्त विमानले एउटै इन्जिनको भरमा लुक्लादेखि काठमाडौंसम्मको उडान भरेको थियो भने बिमानमा  चालक दलका सदस्य मात्रै रहेको थिए ।   

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =