बिमानको इन्जिन फेल भएपछी पाइलटले सकुशल अवतरण गरी ठूलो दुर्घटना हुनबाट जोगए
२०७६ भदौ १८ गते

भाद्र १८, काठमाडौँ । बुधबार सीता एयरको एक सिंगल इन्जिन जहाजको इन्जिन आकाशमै फेल भएपनि पाइलटले सकुशल अवतरण गरी ठूलो दुर्घटना हुनबाट जोगाएका छन् ।
अनुभवी पाइलट भरत थापाले उडाएको उक्त बिमान उडानकै क्रममा प्राविधिक समस्या आएपछी काठमाडौं विमानस्थलमा सकुशल अवतरण गरी ठूलो दुर्घटना हुनबाट जोगाएको त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिएका छन् ।
क्षेत्रीका अनुसार सीता एयरको ड्रोनियर ९ एन–एजेएच कलसाइन भएको उक्त विमानले एउटै इन्जिनको भरमा लुक्लादेखि काठमाडौंसम्मको उडान भरेको थियो भने बिमानमा चालक दलका सदस्य मात्रै रहेको थिए ।

२०७६ भदौ १८ गते
प्रतिक्रिया
सम्बन्धित









