बागीको मारमा शीर्ष नेता: को-को छन् प्रमुख नेताका बागी ?

कार्तिक १८, काठमाडाैं । प्रजातन्त्र पुनःस्थापनायताको २६ वर्षमा प्रतिनिधिसभा, संविधानसभा, स्थानीय निकाय, स्थानीय तह हुँदै पुनः प्रतिनिधिसभा र प्रदेशसभासम्मका चुनावमा आइपुग्दा ‘बागी उम्मेदवारी’ ऐंजेरुका रूपमा देखिएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । बागीको मारमा सबैभन्दा बढी पर्ने गरेको कांग्रेसले यसपटक पनि थुप्रै त्यस्ता उम्मेदवारीको सामना गर्नुपरेको छ। कांग्रेस मात्रै होइन, एमाले, माओवादी केन्द्रमा, संघीय फोरम, राजपालगायत दलमा समेत बागीको संख्या उल्लेख्य देखिएको छ । उम्मेदवारसँग भन्दा पनि पार्टीका शीर्ष नेतासँगको असन्तुष्टिका कारण बागी उम्मेदवार बढेको नेताहरू बताउँछन् ।

लोकतन्त्रका लागि बलिदान दिएका र दलका शीर्ष नेताहरूविरुद्ध नै यसपटक बागी उम्मेदवारी परेको छ। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, राजपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपा अध्यक्षमडण्लका सदस्य अनिल झा, माओवादी नेता हरिबोल गजुरेललगायतविरुद्ध बागी उम्मेदवार खडा भएका छन् । कांग्रेसले बागी उम्मेदवारविरुद्ध कडा कारबाही गर्ने जनाएको छ ।

प्रमुख नेताका बागी

-काठमाडौं २ माधवकुमार नेपालविरुद्ध एलपी श्रेष्ठ
-तनहुँ १ रामचन्द्र पौडेलविरुद्ध गोविन्दराज जोशी
-महोत्तरी ३ महन्थ ठाकुरविरुद्ध चन्द्रेश्वर झा
-सप्तरी २ उपेन्द्र यादवविरुद्ध जयप्रकाश ठाकुर
-दैलेख १ दीपक शाहीविरुद्ध गणेशबहादुर खड्का
-कैलाली ५ डा. आरजु राणाविरूद्ध क्षितिज भण्डारी
-सल्यान टेकबहादुर बस्नेतविरुद्ध उमाकान्त शर्मा
-सिन्धुली २ हरिबोल गजुरेलविरुद्ध रामकुमार पौडेल
-सिन्धुली १ गणेश पहाडीविरुद्ध कुमारबहादुर कार्की
-बारा ३ ज्वालाकुमारी साहविरुद्ध भरत खड्का
-रुपन्देही ५ क भूमिश्वर ढकालविरुद्ध मीनप्रसाद घिमिरे
-रौतहट १ अनिल झाविरुद्ध बबन सिंह

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 8 =