एक बन्दुकधारीद्वारा ४ सुरक्षा अधिकारीको हत्या

 

जेठ २१, त्रिपोली । लेबनानको राजधानी त्रिपोलीबाट उत्तरतर्फ एक बन्दुकधारीले गरेको आक्रमणमा परी चार सुरक्षाकर्मीको मृत्यु भएको सरकारी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । 

यस आक्रमणमा परी दुई सैनिक र दुई आन्तरिक सुरक्षा अधिकारीको मृत्यु भएको थियो । सैनिक स्रोतले आफ्ना दुई सदस्य मारिएको पुष्टि गरेको थियो । 

null

बन्दुकधारीले के कारणले सो आक्रमण गरेको सो भन्ने तत्काल प्रष्ट भएको छैन । तर हाल मात्र कारागारबाट मुक्त भएका एक लडाकूले सो आक्रमण गरेको हुनसक्ने सुरक्षा अधिकारहीहरुको दाबी छ । 

मुसलमान समुदायको वर्त अर्थात रम्जानको यस महिनामा इद अल फित्रको पहिलो दिनको तयारी भइरहेको अवस्थामा आक्रमण भएको थियो । 

सिरियाको छिमेकमा रहेको यस देशमा केही वर्षयता सुरक्षाको अवस्था कमजोर रहेको पाइन्छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =