गजल

मदहोसी भएर हारे तिम्रो प्यारमा
बितिसकेछ रात ख्याल ख्यालमा ।

माते जस्तै घरीघरी नाटक गरियो
र टमक्क कसियो माया जालमा ।

सुनसान रातमा भाईले खुब थर्कायो
असलमा कराएछु निन्द्राको तालमा ।

भएन जिन्दगी पनि जिन्दगी जस्तो
बग्यो अतितका अमिट एकैछालमा ।

अतीत “अशोक दवाडी”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 8 =