चीनमा कोरोना भाइरस संक्रमित महिलाबाट जन्मियो स्वस्थ शिशु
२०७६ माघ २१ गते

माघ २१, चीन। चीनमा कोरोना भाइरसबाट संक्रमित एक गर्भवती महिलाले तीन किलोको स्वास्थ्य शिशुलाई जन्म दिएकी छिन् ।
चीनको उत्तरपूर्वी प्रान्त हेलङजियाङस्थित अरबिन सहरकी कोरोना भाइरसबाट संक्रमित ति महिलाले अरबिन सहरको ६ नम्बर अस्पतालमा कोरोना भाइरस बिहिन ३ किलोको छोरीलाई जन्म दिएकी हुन् ।
शुक्रबार र शनिबार गरिएको परीक्षणमा शिशुमा कोरोनाभाइरस नेगेटिभ पाइएको जानकारीमा आएको छ । नाम र उमेर नखुलाईएकी ती गर्भवती महिला बिहीबार ज्वरो बढेपछि उक्त अस्पतालमा जचाउन पुगेकी थिइन् । परीक्षणपछि उनमा कोरोभाइरस भेटिएको थियो ।

त्यसपछि चिकित्सकले भाइरस गर्भसम्म फैलिने डरमा ३८औं हप्ता पुगेको महिलाको गर्भलाई सोही दिन शल्यक्रिया (सी सेक्सन विधि) गर्ने निर्णय गरेपछी शिशुलाई शल्यक्रिया गरी निकालिईएको थियो ।
२०७६ माघ २१ गते
प्रतिक्रिया
सम्बन्धित








