स्वरूपकाे “साढे सात”मा गजब हुनेछ

कार्तिक २६, काठमाडाैं । ‘’साढे सात’’को पहिलो गीत युट्युवमा सार्वजनिक भएको छ । पछिल्लो समय फस्टलुक पोस्टर र ट्रेलर सार्वजनिक गरेका निर्माण टिमले फिल्मकाे ‘’गजब हुनेछ’’ बोलको गीत सार्वजनिक गरेकाे हाे । फिल्मकाे निर्देशन साम्तेन भुटियाले गरेका छन् ।

स्वरूपराज अाचार्यकाे सङ्गीत रहेकाे गीतमा अमृत खतिवडाको शब्द एवंम् गायक किरण गजमेरको स्वरमा मुख्य कलाकारहरू सत्यराज आचार्य र सुप्रिया कटुवालले फिचरिङ गरेका छन् ।

मङ्सिर १५ गते प्रदर्शन गर्ने भनिएको यस फिल्मलाई फाल्गुन ११ मा सारिएको छ । गायक एवम् नायक सत्यराज कै लगानीमा बनेको फिल्मले २०७२ को भूकम्प पछाडिको नाकाबन्दीको समयमा एक फोटो पत्रकारले गरेको क्रियाकलाप अनि उनकै सेरोफेरोमा घटेको घटनालाई प्रस्तुत गरेको छ ।

सत्यराज राज आचार्य, स्वरूप राज आचार्य, सुनिल थापा, नरेश देव पन्त, डी.जे सन्तोष, साम्तेन भुटियाको संयुक्त लगानीमा बनेको यस फिल्मलाई सुनिल थापाले प्रस्तुत गरेका हुन् । ट्रेलर सार्वजनिक कार्यक्रममा रामेश्वोर कार्की, गोपाल काजि कायस्थ, दिपेन्द्र के खनाल लगायतको उपस्थिति रहेको थियो । फिल्ममा अभिनेत्री मेनुका प्रधान, सत्यराज आचार्य, कामेस्वर चौरासिया, सुनिल थापा, सुप्रिया कटुवाल लगायतको मुख्य भूमिका छ ।

निर्देशक भुटिया कै पटकथा र सम्पादनमा तयार भएको फिल्मका सह-निर्माता भने अन्जु श्रेष्ठ, राजु बोगटी, दिपा ढुंगेल, एल.वि टन्डन र विशाल चामलिङ हुन् । अनिस तामाङले खिचेको फिल्ममा सत्य कै सङ्गीत रहनेछ भने फिल्ममा ‘’कान्तिपुर’’ का प्रधान सम्पादक युवराज घिमिरेको पनि अभिनय हेर्न सकिने छ ।

https://youtu.be/MU9vwmf2wms

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =