प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरुको व्यापक सरुवा

मङ्सिर ५, काठमाडौँ । सरकारले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरुको व्यापक सरुवा गरेकाे छ । पहिलो चरणको निर्वाचन आउन ५ दिनअघि मात्र सरकारले सरुवा गरेकाे हाे ।

कैलाली, नुवाकोट लगायतका जिल्लामा प्रहरी प्रमुख फेरिए लगत्तै सरकारले सिडिओहरुको सरुवा सुरु गरेको हो । गृहमन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो आदेशमा सोमबार राति नै पहिलो चरणमा चुनाव हुने जिल्लाका सिडिओहरूकाे सरुवा भएको हाे ।

गृहमन्त्रालयको कार्यभार समेत देउवा आफैँले सम्हालेका बेला चुनावलाई प्रभावित पार्ने गरी प्रमुख जिल्ला अधिकारी सरुवा भएका हुन् । पहिलो चरणमा चुनाव हुने भोजपुर, सोलुखुम्बु, रसुवा र नुवाकोटका प्रमुख जिल्ला अधिकारी सरुवा गरिएकाे छ ।

सोलुखुम्बुका सिडिओ भुपेन्द्र खत्रीलाई काँग्रेस नेता बलबहादुर केसीको दबाबमा सरुवा गरी उनको ठाउँमा सूर्य खनाललाई पठाइएको छ । त्यस्तै, भोजपुरमा चेतराज बरालको ठाउँमा फणिन्द्र दाहाललाई सिडिओ बनाएर पठाइएको छ ।

स्रोतका अनुसार रसुवाकी प्रमुख जिल्ला अधिकारी हरिदेवी पौडेलको ठाउँमा चोमेन्द्र न्यौपानेलाई पठाइएको छ । काँग्रेस नेताहरूको दबाबमा नुवाकोटमा जगदिशराज बराललाई हटाएर वीरेन्द्रकुमार यादवलाई पठाइएको हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 17 =