समानुपातिक सूची बनाउनदलहरु बिहानदेखि छलफलमा, कांग्रेस छलफलमा

काठमाडौं, असोज २९ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवार छान्न दलहरु बिहानदेखि छलफलमा व्यस्त भएका छन् । बन्दसूची आज आज निर्वाचन आयोगमा बुझाउनुपर्नेछ । तरपनि राजनीतिक दलहरूले त्यसको टुंगो लगाउन सकेका छैनन् ।

नेपाली कांग्रेसले बिहान प्रधानमन्त्रीको सरकारी निवासमा उम्मेदवार छान्न छलफल गर्दैछ । कांग्रेसमा जिल्लाबाट आएका समानुपातिक उम्मेदवारको सिफारिसको संख्या तीन हजारभन्दा धेरै छ ।

नामबारे अध्ययन गर्न बनेको कार्यदल र संसदीय वोर्डको बैठक बिहान बसेर नाम तय गर्ने कांग्रेसले जनाएको छ । आज दिनभर बैठक बसेर बन्दसूची निर्वाचन आयोगमा बुझाउने कांग्रेसको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 3 =