अम्लपित्त (Hyperacidity) के हो ? यो रोगबाट कसरी बच्ने ?

कात्तिक २२, काठमाडौं । पाचकपित्त बिभिन्न कारणले अमिलो भै रोगको रुपमा आयो भने यस्लाइ अम्लपित्त भनिन्छ । पाचन प्रणालिको सुरु अवस्थामा खाएको कुरा अमिलो भै नपच्ने अवस्था हुन्छ । अधिकांस मानिसहरुलाइ यो रोगले सताएको पाइन्छ ।
समयमा र मात्रा अनुसार खाना नखानु, अमिलो, पीरो, बढी तातो, तारेको, भुटेको खाना धेरै खानु, दही, मही, तेल, घिउमा पाकेको बस्तु मिठाइ, सेलरोटी बढी खानु आदी जस्ता कारणले अम्लपित्त हुने सम्भावना धेरै हुन्छ ।
अम्लपित्त भएमा बढी डकार आउनु, डकारसँग अमिलो पानी वा गन्ध आउनु । खान मन नलाग्नु तथा वाकवाकी लाग्नु आदी जस्ता लक्षणहरु देखिन्छन् । यस्तै, कहिलेकाही अमिलो, तितो तथा थोरै वा धेरै बान्ता हुनु । छाती, घाटी तथा पेट पोल्नु र रोग धेरै बढेमा आँखा, हात खुट्टा समेत पोल्नु जस्ता लक्षणहरु समेत देखिने गर्दछन् ।
अमलपित्त हुन बाट बच्न पेट खाली नराख्ने, बढी पानि नखाने र समयमा खाने । उमालेर सेलाएको पानी प्रयोग गर्ने । मेवा, अनार, अमला जस्ता फलको बढी प्रयोग गर्ने गर्नुपर्दछ ।
अम्लपित्त रोग लागेमा अमलपित्त नाशक चुर्णको प्रयोग लाभदायक हुन्छ । यो चुर्ण एक–एक चिया चम्चा तातो पानीसँग नियमित खाने गर्नाले ग्यास्ट्रिक, अम्लपित्त, छाती पोल्ने, घाँटी पोल्ने, अपच हुने, खाना अरुची हुने, वाकवाक लाग्ने, कब्जियत तथा पित्तविकार जस्ता रोगहरुका लागि निकै उपयोगी सावित हुने ‘अनमोल आयोर्बेद सेवा केन्द्रका सञ्चालक मानबहादुर साउद सल्लाह दिन्छन् ।








