भारत नेपालको विकास भएको हेर्न चाहन्छ:  भाजपा बरिष्ठ नेता आड्वाणी

 

नयाँ दिल्ली, ११ जेठ । भारतीय जनता पार्टी (भाजपा) का बरिष्ठ नेता लालकृष्ण आड्वाणीले नेपाल–भारत सम्बन्ध जति निकट र सुमधुर हुन्छ त्यति नै दुवै देशलाई फाईदा हुने स्पष्ट पारेका छन् । 

नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग कुरा गर्दै आड्वाणीले यस्तो बताएका हुन् । ‘नेपाल र भारतबीच आर्थिक, सामाजिक र राजनीतिक रुपमा गहिरो सम्बन्ध छ । हामीबीचको जनस्तरको सम्बन्धले दुई देशबीचको सम्बन्ध झनै बलियो बनाएको छ ।’ उनले भने ।  

null

आड्वाणीले भारतले नेपालको विकास हेर्न चाहेको बताए । ‘मलाई विश्वास छ अब नेपालले छिट्टै आफ्नो विकास र समृद्धि हाँसिल गर्छ । नेपालको विकासमा भारत सरकारको पूरापुर सहयोग रहन्छ ।’ उनले भने । 

पछिल्लो समय नेपाल–भारतबीचको द्धिपक्षीय सम्बन्धमा कुनै समस्या नरहेको पनि उनको दाबी थियो । ‘हामीबीच कुनै समस्या छैन, नेपाल र भारतबीच सदियौंदेखि सुमधुर सम्बन्ध रहेकोले हामीबीच हरेक रुपले घनिष्ठ सम्बन्ध छ ।’ आड्वाणीले भने । 

भारतीय जनता पार्टीकै अर्का बरिष्ठ नेता मुरली मोहन जोशीले पनि नेपाल–भारत सम्बन्ध सुमधुर रहेकोले आगामी दिनमा थप मजबुद हुने स्पष्ट पारे ।जोशीले नेपालमा धार्मिक स्वतन्त्रता वा धर्मनिरपेक्षता, वा हिन्दूराष्ट्र जे भएपनि त्यसमा आफूहरुको कुनै हस्तक्षेप नहुने बताए । उनले भने,‘नेपाललाई के बनाउने ? वा के नबनाउने भन्ने विषय त्यो नेपाल र नेपाली जनताले नै तय गर्ने कुरा हो । नेपालको आन्तरिक राजनीतिमा भारतले कहिल्यै हस्तक्षेप गर्दैन ।’भारतमा मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेको सुनाउँदै उनले आगामी दिनमा नेपाल–भारत सम्बन्ध झनै बलियो हुने विश्वास दिलाए ।  

त्यस्तै, भारतीय जनता पार्टीका प्रभावशाली नेता, पूर्व अध्यक्ष एवम् पूर्व गृहमन्त्री राजनाथ सिंहले नेपाल–भारत सम्बन्ध अब धेरै राम्रो हुने विश्वास दिलाए । सिंहले आफूहरुले नेपालको आर्थिक प्रगति र उन्नति चाहेको सुनाउँदै त्यसको लागि भारत सरकार जस्तोसुकै सहयोग गर्नपनि तयार रहेको स्पष्ट पारे ।  

उनले भने,‘नरेन्द्र मोदीको नेतृत्वमा अब बन्ने सरकारले नेपालको विकास र समृद्धिमा झन धेरै सहयोग गर्छ ।’ अहिले नेपाल–भारतबीच कुनैपनि दरार र असमझदारी नरहेको पनि उनले जिकिर गरे । यद्धपी सानातिना समस्या भए टेबुलमा बसेर हल गर्ने सिंहले प्रतिबद्धता जनाए । उनले भने,‘मोदी दोस्रो कार्यकालको लागि प्रधानमन्त्री बन्दै हुनुहुन्छ, अब बन्ने उहाँको नेतृत्वको सरकारले नेपाल–भारत सम्बन्ध मजबुद बनाउँछ । प्रभावकारी बनाउँछ ।’ 

फरक प्रसँगमा उनले नेपाल र भारतबीच भएका सबैखाले समस्याहरु हल गर्नको लागि बनेको नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजीं ले तयार पारेको प्रतिवेदन भारत सरकारले बुझ्ने नबुझ्नेबारे भने कुनै तिक्रिया दिन चाहेनन् । उनले थपे,‘यो अहिले छलफलकै विषय हो । हामी निर्वाचनमा व्यस्त थियौं । अब यसबारेमा सोच्ने वेला आएको छ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 11 =