९० मिनेटको समय बढी भएको भन्दै ६० मिनेटमा झार्ने तयारी

एजेन्सी: विश्व फुटबलका कानुन निर्माताहरू हाल फुटबल खेलको निर्धारित समय ९० मिनेट घटाउने अभियानमा लागेका छन् । कानुन निर्माताहरू ९० मिनेट समय बढी भएको भन्दै यसलाई घटाएर ६० मिनेटमा झार्न लागिपरेका हुन् । अन्तर्राष्ट्रिय फुटबल महासंघ कानुन निर्माण बोर्ड (आईफएएबी) ले ६० मिनेट समय फुटबल खेलका लागि पर्याप्त हुने भन्दै विश्व फुटबल महासंघ (फिफा) मा उक्त प्रस्ताव पेस गरेको छ ।

‘६० मिनेट समयले फुटबलमा फैलिएको नकारात्मक कुरालाई धेरै हदसम्म समाधान गर्नेछ । ९० मिनेट समय धेरै हो । त्यस माथि अतिरिक्त समय र पेनाल्टीमा खेल जाने हुँदा यसले तनाव पनि उत्तिकै निम्त्याउने गरेको छ । यसको समाधान समयको कटौतीबाट मात्र हुनेछ’, आईएफएबीले भनेको छ । यो प्रस्तावले रेफ्रीको निर्णय क्षमतामा समेत राम्रो प्रभाव पर्ने दाबी गरिएको छ ।

चेल्सीका पूर्वस्ट्राइकर जियानफ्रान्को जोलाले आफुले यो प्रस्तावलाई सकारात्मक रूपमा लिएको बताए । ‘यो प्रस्ताव निकै राम्रो छ । यसबाट धेरै टोलीले जितको फाइदा लिन सक्छन् । धेरै समय खेल्दा राम्रो टोलीले हार्न सक्ने सम्भावना पनि उत्तिकै रहन्छ’, जोलाले भने । त्यस्तै, आर्सनलका गोलरक्षक पिटर चेकले फुटबलमा कुनै पनि टोलीका लागि वास्तविक समय ५० मिनेट पर्याप्त हुने बताए ।

आईएफएबीको यो प्रस्तावले फुटबल खेलमा फेयर प्लेको रणनीति अंगीकार गर्न, खेलाडीको बानी व्यहोरा सुधार गर्न, प्रदर्शन क्षमता बढाउन, खेलाडीको घाइते समस्या समाधान गर्न, रेफ्रीको सही निर्णयलगायतका विविध विषयमा राम्रो हुने उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =