बोक्सीको नाममा महिलामाथि यसरी हुँदैछ दुर्व्यवहार (भिडियो सहित)

भदाै १९, काठमाडाै । नेपालको तराई–मधेस क्षेत्रमा कुनै महिलाको हुर्मत, इज्जत लिनुप¥यो भने बोक्सीको आरोप लगाइदिए पुग्छ । यो अन्धविश्वास हो भन्ने कुरा धेरैलाई थाहा हुँदाहुँदै पनि कुनै महिलालाई तह लगाउनुप¥यो भने ‘बोक्सी’ शब्दको तरबार चलाउने गरिएको छ ।
तराई–मधेसका प्रत्येक गाउँमा बोक्सीको आरोपमा दुर्व्यवहार खेप्नु परेका पटमरी जस्ता पाँचदेखि आठजना महिला भेटिन्छन् । बोक्सीको आरोप लगाइसकेपछि उनीहरूलाई कुटिन्छ । कतिलाई मलमूत्र खुवाइन्छ । कतिलाई मारिन्छ । यति धेरै शारीरिक र मानसिक यातना दिइन्छ कि कैयौँले यस्तो यातना खप्न नसकी आफूले आफैलाई मार्छन् ।
बोक्सी सम्बन्धी अन्धविश्वास समाजमा यति गाडिएको छ कि कसैले बोक्सी भनिदिएपछि आमाले छोरीलाई समेत दुव्र्यव्यवहार गरी घरबाट निकालिदिने गर्छन् । बोक्सीको आरोप प्रायः आर्थिक रूपले विपन्न, त्यसमा पनि बिधवाहरूमाथि लाग्ने गरेको छ ।
‘कानुन छ, कार्यान्वयन छैन’
हाम्रो देशमा यो अमानवीय कुप्रथा विरुद्ध कानुन नभएको भने होइन । मुलुकी ऐनको अदल १० को ‘ख’ मा बोक्सीको आरोपमा कुनै महिलामाथि दुव्र्यव्यवहार गर्नेलाई तीन महिनादेखि दुई वर्षसम्म कैद वा रु. ५ हजारदेखि रु. २५ हजारसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको छ । यसैबिच नेपाल सरकारले बोक्सीको आरोप सम्बन्धी कसुर तथा सजाय ऐन अध्यादेश मार्फत ल्याउने निर्णय गरेको छ जसमा बोक्सीको आरोप लगाउनेलाई एक वर्षदेखि १० वर्षसम्म कैदको व्यवस्था र १० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।
तर, विद्यमान् कानुनकै कार्यान्वयन नभइरहेको अवस्थामा कानुन कडा बनाएर मात्र केही हुने सम्भावना देखिँदैन । अझ मधेसी समुदायमा ‘बोक्सी उत्पादनको कलंकबाट मुक्त हुने चाहना र चेतना नजागेसम्म यो विकृति कदापि निर्मूल हुन सक्दैन ।
https://youtu.be/DDtKC1Mj4Ec








