भृकुटीमण्डपमा बैंकिङ एक्स्पो हुने

काठमाडौं, माघ ३ । ‘राजनीति होइन उद्यमशिलताको बहस गरौं, घरघरबाट वित्तीय चेतना फैलाउ’ भन्ने नाराका साथ आगामी माघ १९ र २० गते राजधानीको भृकुटीमण्डपमा बैंकिङ एक्स्पो हुने भएको छ

नेपाल बैङ्कर्स एसोशिएसनले राजधानीमा पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो ।

एक्स्पोमा नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र वोर्ड, युवा स्वरोजगार कोष, नागरिक लगानी कोष, विकास वैंक तथा वीमा कम्पनीहरु, फाइनान्स कम्पनीलगायत सहभागि हुनेछन् । एक्स्पोमा करीब ७० वटा स्टल राखिने बताइएको छ ।

आम नागरिकको बैकिङ् पहुँच बढाउने र बैंकबाट कर्जा लिएर उद्यमशिलताको विकास गर्ने तथा बैंकिङ् क्षेत्रमा भित्रिएका नयाँ प्रविधिवारे सर्वसाधारलाई जानकारी गराउन एक्स्पोको आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 1 =