लाईफ ज्याकेट नलगाइ डुंगा चलाएको आरोपमा अष्ट्रेलियाका प्रधानमन्त्रीलाई जरिवाना

सिड्नी – अष्ट्रेलियाको सिड्नी हार्वरनजिकै रहेको आफ्नो घर आसपासमा डुंगामा सवार प्रधानमन्त्री माल्कम टर्नबुलले लाईफ ज्याकेट (पहेँलो भेष्ट) नलगाई आफ्नै बोट चलाएर पानीमाथि सयर गरेको अभियोगमा निउ साउथ वेल्स मरिटायिमले २५० डलर जरिवाना गरेको छ ।

बिदा मनाउन श्रीमती लुसीसहित आफ्नो घर पुगेका प्रधानमन्त्री लाईफ ज्याकेटविनै डुंगामा सवार भएपछि निउ साउथ वेल्स मरिटायिम अधिकारीले कानुनको अवज्ञा गरेको भन्दै जरिवाना गराएको अष्ट्रेलियन समाचार एबीसी न्यूजले जनाएको छ ।

निउ साउथ वेल्स मरिटायिमका कार्यकारी निर्देशक अन्गुस मिचेलले प्रधानमन्त्रीको जरिवानालाई पुष्टि गर्दै छिट्टै नै जरिवानाको पुर्जी जारी गरिने जनाएका छन् ।

प्रधानमन्त्री टर्नबुलका प्रवक्ताले जरिवाना पुर्जी प्राप्त हुनासाथ प्रधानमन्त्रीले जरिवाना रकम तिर्ने बताएका छन् । प्रधानमन्त्री माल्कम टर्नबुलले सामाजिक संजाल फेसबुकमार्फत आफ्नो गल्ती स्वीकार्दै आफू जमिनको साथ भन्दा धेरै टाढा नभएको भएता पनि सुरक्षाको हिसाबले आफूले अन्जानमा कानुनको अवज्ञा गर्न पुगेको प्रतिक्रिया दिएका छन् । उनले आइन्दा यस्तो गल्ती नगर्ने प्रतिबद्दता जाहेर गरेका छन् ।

अष्ट्रेलियाको बहालवाला प्रधानमन्त्रीमाथि गरिएको यो जरिवानाको घटनाले कानुनी शासनमा नियमको पालना सबैले गर्नुपर्छ भन्ने संदेश प्रवाह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + sixteen =